Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । आफ्नै घरको आठौं तलाबाट हामफालेका ५५ वर्षीय संजय गुप्ताको ज्यान गएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न तत्काल लगिए पनि बाटैमा मृत्यु भएको हो । वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरे । मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् ।

घटनाबारे प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको काठमाडौं परिसरले जनाएको छ ।

तपाईको प्रतिक्रिया