Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चाइनामाथि सानदार जित निकाल्दै इङ्ल्यान्ड फिफा महिला विश्वकपमा समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । बुधबार हिन्दमार्स स्टेडियममा भएको खेलमा चाइनालाई ६-१ गोलअन्तरले पराजित गर्दै इङल्यान्ड समूह डी को विजेताको रुपमा प्रि क्वार्टरफाइनलमा पुगेको हो ।

समूह चरणमा अपराजित इङल्याण्ड ९ अंकमा शीर्ष स्थानमा रहेको हो । इङल्यान्डको जितमा लरेन जेम्सले दुई तथा एलेसिया रुसो, लरेन हेम्प, क्लो केली र राहेल डेलीले एक एक गोल गरे । चाइन पीआरका लागि वाङ सुआङले पेनाल्टीमा एक गोल गरिन् ।

समूह डी बाट इङल्याण्ड समुह विजेता र डेनमार्क समुह उपविजेताको रपमा अन्तिम १६ मा पुगेका छन् । दुई खेलमा जित र एक खेलमा हार भोगेको डेनमार्कले ६ अंक बनाएको छ । आजै भएको समूह चरणको अर्को खेलमा डेनमार्कले हाइटीलाई २-० गोल अन्तरले हराउँदै समूह उपविजेता बनेको हो ।

तपाईको प्रतिक्रिया