Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै स्थगन गरिएको हो ।सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार अर्को बैठक साउन २२ गते सोमबारका लागि बोलाइएको छ ।

क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर, सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिन छ । सत्तापक्ष राजस्वबाट यसको अनुसन्धान भइरहेको भन्दै समिति बनाउन हतार गर्न नहुने पक्षमा छ । संसद्को जारी गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोन संवाद गरेका छन् । यस्तै, उनले आजै कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गरेका छन् । तर, समस्या समाधान हुन सकेको छैन ।

 

तपाईको प्रतिक्रिया