Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी-ट्वान्टी विश्वकपको एशिया छनौटको क्याम्पका लागि २४ खेलाडी छनौट गरेको छ । क्यानले मंगलबार महिला टिमकी कप्तान रुबिना क्षेत्रीसहित २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो ।

विश्वकपको एशिया छनौट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ ।एशिया छनौटमा १२ देशले भाग लिँदैछन् । जसमा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

तपाईको प्रतिक्रिया