Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आफूहरुलाई थुना मुक्त गर्न माग गर्दै टोपबहादुर रायमाझी र बालकृष्ण खाँणले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पाटनमा रिट दिएका हुन् ।

उनीहरुसँगै सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका छन्। थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले पुष्टि गरेका हुन् ।

तपाईको प्रतिक्रिया