Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं- पर्यटकको रोजाईमा पर्ने नेपालको विभिन्न जिल्लामध्यको एक म्याग्दी जिल्ला हो । धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रालेक, अन्नपूर्ण, धौलागिरि सेन्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर,लगायतका प्राकृतिक एवम पर्यटकीय स्थलहरु म्याग्दी रहेको कारण पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा म्याग्दी पर्ने गर्दछ ।

गत आर्थिक वर्ष २०७९ र ८० को तथ्यांक अनुसार एक वर्षमा मात्रै २९ हजारभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका हुन् भने आव २०७८ र ७९ मा सात हजार ९२६ जनाले भ्रमण गरेका थिए ।

गत वर्ष बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका र भारतबाट धेरै पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । यसै गरी स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताइवानबाट कम पर्यटक म्याग्दी आएका छन् । स्वदेशी तथा विदेशी पर्यटकले जिल्लास्थित विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको भ्रमण गरेका छन् ।

गत आवमा म्याग्दी भित्रिने पर्यटकको सङ्ख्या २२ हजार २१ र बाहिरिनेको सङ्ख्या सात हजार ३०७ जना रहेको छ । जिल्लाको उत्तरी भुरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका हुँदै पर्यटक जिल्ला भित्रिने गरेका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार ८० प्रतिशतभन्दा भढी पर्यटक जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी, पुनहिल क्षेत्र घुम्ने गरेका छन् । कोभिड–१९ पछि गत आवमा पर्यटकको सङ्ख्या वृद्धि भए पनि अपेक्षाकृत नभएको स्थानीयको भनाई छ। पथपदर्शकबिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्लै घुम्न चाहने पर्यटक नआएको स्थानियको भनाइ छ ।

तपाईको प्रतिक्रिया