Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

उपसभामुख इन्दिरा रानामगरकाअनुसार परिषद्को बैठक सिंहदरबारमा बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते (चार दिनपछि) सकिँदैछ । बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने बताइन्छ । उनी वरीयताक्रममा अगाडि छन् ।

जिल्ला र उच्च अदालतमा न्यायाधीश रिक्त छन् । आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले आजका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्‌को बैठक यथाशीघ्र राखी प्रधानन्यायाधीश नियुक्तिको वातावरण बनाउन नेपाल बार एसोसिएसनले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया