Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सवारी दुर्घटनामा क्षति पुगेको टुँडिखेल छेउको महाङ्काल मन्दिर निरीक्षण अवलोकन गरेकी छन् । आइतबार राती ना. २ क ४० नं. को पानी बोक्ने ट्याङ्करको ठक्करबाट मन्दिरको नयाँ सडकतर्फको कुनामा क्षति पुगेको छ ।

उपप्रमुखसँगै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधि, सम्पदा तथा पर्यटन विभागका अधिकारी, पुरातत्त्व  विभाग, गुठी संस्थानका प्रतिनिधि र स्थानीयका साथ सहभागी थिए । निरीक्षणका क्रममा उपप्रमुख डंगोलले मन्दिरका गुर्जु (पुजारी) उज्वल बज्राचार्यसहित स्थानीयबासीसँग घटनाका विषयमा सोधपुछ गरेकी हुन् ।

निरीक्षणमा सहभागी जनप्रतिनिधि तथा सदस्य र इञ्जिनियरहरुसँग छलफल गरेपछि उनले मन्दिरमा थप क्षति हुन नदिन तत्काल टेका लगाउन, पानीबाट बचाउन पालले छोप्न निर्देशन दिइन् । ‘यसलाई तत्काल पुनर्स्थापना गरेर थप क्षति हुन नदिनु अबको काम हो । पुरातत्त्व विभाग, गुठी संस्थान, सम्पदा क्षेत्रका विज्ञ, स्थानीय र सरोकारवालासँगको सुझाव र प्राविधिक अवस्थाका आधारमा मन्दिरमा क्षति पुगेको भागको पुनर्स्थापना गरिनेछ,’ उनले भनिन् ।

निरीक्षणपछि उपप्रमुखको अध्यक्षतामा बसेको सरोकारवालाको बैठक बसेको थियो । सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यकाअनुसार मन्दिरको पुननिर्माणका लागि वडाले खर्च बताएको छ ।

तपाईको प्रतिक्रिया