Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पोखराबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजको पांग्रामा मुसा देखिएपछि उडान रद्द भएको छ । सोमबार उड्न तयार रहेको जहाजको पांग्रा आसपास मुसा देखिएपछि उडान नम्बर ६७८ रद्द भएको हो ।

यात्रु र विमानका कर्मचारीले मुसा देखेपछि विमानस्थललाई जानकारी गराइएको थियो । उक्त विमानलाई पोखरामै राखिएको र प्राविधिकले उडानयोग्य भएको रिपोर्ट दिएपछि मात्र उड्न अनुमति दिइने विमानस्थलकी निमित्त प्रमुख जशोदा सुवेदीले जानकारी दिइन् ।

उनकाअनुसार विमानका ६० जना यात्रुलाई यती एयरलाइन्सले अर्को विमानमा काठमाडौं पठाएको थियो ।

तपाईको प्रतिक्रिया