Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जारी फिफा महिला फुटबल विश्वकपमा जापानले स्पेनलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा जापानले स्पेनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा हिनाता मियाजावाले दुई गोल गरेकी थिइन् भने रिको उएकी र मिना तानाकाले एक एक गोल गरेका थिए । यो जितपछि जापान समूह सी मा ३ खेलमा ९ अंक हासिल गर्दै समूहमा शीर्ष स्थानमा रहेर राउण्ड १६ मा पुगेको छ । हारका बाबजुद पनि स्पेन ३ खेलमा ६ अंक हासिल गरेर दोस्रो स्थानमा रहेर राउण्ड १६ मा पुगेको छ ।

समूह सी मा रहेको जाम्बियाले आज सम्पन्न समूह चरणको अन्तिम खेलमा कोस्टा रिकालाई ३-१ गोलले पराजित गरेर सान्त्वना जित हासिल गरेको छ । जाम्बियाको ३ खेलमा ३ अंक भएको छ र समूहमा तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । त्यस्तै कोस्टा रिकाले भने आफ्ना तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया