Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करी सत्यतथ्य छानबिन गर्न विज्ञसहितको विशेष समिति बनाउन माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर बोल्दै पुनले यस्तो माग गरेका हुन् ।

उनले सरकारले चालेको भ्रष्टाचार तथा अनियमिताविरुद्धको अभियान रोकिनु नहुने भन्दै यो प्रकरणबारे छानबिन गर्न प्रहरीको विज्ञ समिति, संसदीय समिति वा विशेष समिति बनाउनु पर्ने बताए । दोषी कसैले उन्मुक्ति पाउनु नहुने पनि उनले बताए । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिकसँगको सामूहिक तस्बिरमा वर्षमान पुन पनि देखिएपछि उनी पनि सुन तस्करीको घटनामा मुछिएका छन् ।

यद्यपि उनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको समेत बताएका छन् ।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको उनले बताएका छन् ।

‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्वीरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ नेता पुनले भनेका छन्, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’

आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको उनले बताए । ‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन’, उनले भने, ‘देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ ।’

तपाईको प्रतिक्रिया