Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले पनि केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आज (सोमवार) बसेको पार्टीको पदाधिकारी बैठकले साउन १७ देखि २१ साउनसम्म बस्ने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गरिने उनले जानकारी दिए ।‘नबोलेको कुरा पनि बैठकमा बोलेको भनेर बाहिर जान्छ । भित्र जे भएको हो र बोलिएको हो त्यो कुरा जस्ताको तस्तै जाओस् भनेर हामीले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण गर्न लागेका हौं,’ पौडेलले भने ।

लामो समयपछि माओवादीले केन्द्रीय समितिको बैठक बस्न लागेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेश गर्नेछन् । यसअघि कांग्रेसले २ देखि १० साउनसम्म चलेको केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो ।

 

तपाईको प्रतिक्रिया