Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – विमानस्थल भन्सारबाट अवैध एक क्विन्टल सुन बाहिरिएपछि बरामद भएको घटनालाई लिएर गत बुधबारदेखि संसद् अवरुद्ध गर्दै आएको मुख्य प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बिहान सरकारी निवास बालुवाटार पुगेका हुन्। दुई नेताबीचको भेटमा भएका कुराकानी सार्वजनिक नगरिए पनि संसद् अवरोध हटाउने र मंगलबार बोलाइएको संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बुझिएको छ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटको मुख्य एजेन्डा प्रतिनिधिसभामा जारी अवरोध हटाउने र संवैधानिक परिषद् बैठकबारेको विषय रहेको एमाले प्रमुख सचेतक पदम गिरीले पुष्टि गरे। एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दै छ। प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाएका छन्। हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की १९ साउनमा अवकाशमा जाँदै छन्।

अवकाश हुनुभन्दा एक महिना अगाडि नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले अहिलेसम्म प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छैन। हिजो पनि प्रधानमन्त्री प्रचण्डले ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

 

तपाईको प्रतिक्रिया