Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३० रूपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रूपैयाँ तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रूपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रूपैयाँ कायम गरिएकाे छ ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसामा कारोबार भएकाे थियाे ।बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७४ रूपैयाँ रहेको छ भने बिक्री दर १६९.५१ रूपैयाँमा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३१ रूपैयाँ र बिक्री दर ८७.७१ रूपैयाँ तथा क्यानेडियन डलर एकको खरिद दर ९९ रूपैयाँ ६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ५२ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रूपैयाँ ३० पैसा र बिक्री दर ९ रूपैयाँ ३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३१ पैसा र बिक्रीदर १० रूपैयाँ ३६ पैसा कायम गरिएकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसामा कारोबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.०१ रूपैयाँ रहेको छ भने बिक्री दर ३५.१७ रूपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रूपैयाँ रहेको छ भने बिक्री दर २८.९६ रूपैयाँ तथा कुवेत दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा बिक्री दर ४२९.९२ पैसामा कारोबार गर्न सकिने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया