शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

नागोया – नेपाल मगर संघ जापान, क्षेत्रीय समिति तोकाई (नागोया)को अध्यक्षमा याम पाइजा मगर सर्वसम्मत चयन भएका छन् । आइतबार बागलुङ रेस्टुरेन्टमा सम्पन्न तेस्रो अधिवेशनले पाइजा मगर सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा सुमन श्रीस मगर, महिला उपाध्यक्षमा मनिषा पाइजा मगर चयन भएका छन् । सचिवमा केशव पुनमगर, सहसचिवमा मनोज खपांगी मगर, सहसचिवमा मिलन पुनमगर, कोषाध्यक्षमा पुष्कर आले मगर चयन भएको नेपाल मगर संघले जनाएको छ ।

सदस्यहरूमा सञ्जय थापामगर, बिपना थापामगर, नबिना घर्तिमगर, बबिता पुनमगर, भावना थापामगर, लीला बुढामगर, तनुजा पुनमगर, हरिचन्द्र पुनमगर, गिर बहादुर सिन्जाली मगर, शेस बहादुर थापामगर, समिर थापा मगर, शिव थापा मगर, कोपिला थापामगर र रुबिना थापा मगर चयन भएका छन् भने विकास रानामगर संरक्षक बनेका हुन् ।

अधिवेशनमा २०२१-२०२३ को कार्य प्रगति विवरण सचिव चिना रोका मगरले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लोक बहादुर रोका मगर प्रस्तुत गरे । नेपाल मगर संघ जापान केन्द्रबाट खटिएका महासचिव रामहरी सपाङ्गी मगर प्रमुख अतिथि थिए । उनले जापानवासी मगरहरूलाई भाइचारा गराउनसक्नु कार्यसमितिको जिम्मेवारी भएको बताए ।

संघका सल्लाहकार गंगा घर्ती मगरले संघले जापानमा धेरै संघर्ष गरेर नेपालमा भवन बनाउनको निमित्त रु १८,००,००० सहयोगदेखि धेरै सहयोगहरू गरेको उल्लेख गरे । संरक्षक कौडा बुढा मगरले जापानवासी  मगरहरूलाई एकीकृत गर्न लाग्ने र लागी पर्न आग्रह गरेका थिए । विशेष अतिथि नेफीन जापान क्षेत्रीय समिति तोकाइका अध्यक्ष रिना तामाङले कार्य प्रगति विवरण र आर्थिक प्रतिवेदन अनुकरणीय रहेको बताइन् ।

नेपाल मगर संघ जापान केन्द्रबाट आएका सह कोषाध्यक्ष सविन थापा मगरले मगरहरूलाई र मगरको संस्कृतिलाई विश्व सामु चिनाउँदै विश्वको मगरहरू गोलबन्द गराउनको निमित्त विभिन्नखाले कार्यक्रमहरू गर्न सशक्त भूमिका निभाउनको लागी आह्वान गरेका थिए । नेपाल मगर संघ जापान विभिन्न सामाजिक कार्यहरूमा  सक्रिय रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया