Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण बुझाएर सार्वजनिक गर्दा पनि निर्वाचन आयोगले १५ हजार जरिवाना तोकेको भन्दै त्यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले अदालतमा मुद्दा दायर गरेका छन् ।

रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका हुन् ।

रिटमा निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टीकरण सोध्नुपर्ने र दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने भन्दै उनहरूले सुनुवाइको मौका समेत निदाएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दाको खर्च विवरण आफूहरूले सार्वजनिक गरिसकेको उनीहरूको भनाइ छ ।

यस्तो छ रिटको पूर्णपाठ :-

तपाईको प्रतिक्रिया