Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मिटर ब्याजमा ५ लाख ऋण दिएर जबरजस्ती ६५ लाख रुपैयाँको तमसुक गराएर एक महिलालाई पटक पटक बलात्कार गरेको र घरजग्गा समेत कब्जा गरेको आरोप लागेका सुर्जमान मालीविरुद्ध पीडित पक्षबाट किटानी जाहेरी दर्ता भएको छ ।

यही आरोपमा केही दिनअघि पक्राउ परेका मालीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा पीडितले मानवबेचविखन तथा ओसारपसार ऐन २०६४ अनुसारको कसुर गरेको आरोपमा किटानी जाहेरी दिएको हो ।

पीडितले बलात्कार तथा मानव बेचविखनको आरोपमा धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएका छन् । २०७५ सालको अन्तिम देखि २०७६ सालसम्म उनी पटक पटक बलात्कारमा परेका पीडित महिलाले जाहेरीमा बताएकी छन् ।

सुरुमा ऋण दिने मालीले बलात्कार गरेको र त्यसपछि उनकै संलग्नतामा अन्यले समेत बलात्कार गरेको महिलाको जाहेरीमा भनिएको छ । महिलालाले उक्त घटनामा संलग्न मालीसहित सबैलाई कारवाही गर्न गृहमन्त्री नारायणकाजीसँग पनि भेट गरेकी थिइन् । त्यसपछि मालीलाई प्रहरीले पक्राउ गरेको थियो ।

मालीलाई जिल्ला अदालतमा उपस्थित गराएर हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया