Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । गत असार २१ गते काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीकाअनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको छ ।

सारुकले नोटमा लेखेका छन् – ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’

सारुकले सुसाइड नोटमा कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । ३१ वर्षीय ताम्राकारले ‘रानी’ फिल्मबाट डेब्यू गरेका थिए भने पछिल्लो समय उनी ह्यासट्याग माया फिल्मको छायाङ्कनमा व्यस्त थिए ।

तपाईको प्रतिक्रिया