Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले बढेर तोलाको १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो । यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।शुक्रबार चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ थियो ।

 

तपाईको प्रतिक्रिया