Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो। विभागले चलाइरहेको एक साताभन्दा लामो समयदेखि अपरेशनका क्रममा उनलाई पक्राउ गरिएको जनाएको छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले दावा तस्करीमा संलग्न भएको प्रमाण फेला परेकाले नियन्त्रणमा लिएको बताए। “चिनियाँ मूलको भए पनि उनीसँग नेपाली नागरिकता पनि छ भन्ने कुरा आएको छ,” ढुंगानाले भने, “तर, यसबारे पुष्टि भइसकेको छैन। यिनी यो गिरोहका निकै महत्त्वपूर्ण सदस्य हुन् भन्नेल चाहिं साँचो हो।”

छिरिङलाई ठमेलस्थित होटल भियनाबाट पक्राउ गरिएको हो। उनीसँग नेपाली नागरिकता र राहदानी समेत छ। उनले काभ्रेबाट नेपाली नागरिकता लिएका हुन्। यो प्रकरणमा अहिलेसम्म १८ व्यक्ति पक्राउ परिसकेका छन्। यसमा एक चिनियाँ र एक भारतीय नागरिक पनि छन्।

 

तपाईको प्रतिक्रिया