Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

करण ओखेडाले बनाइरहेको घर शुक्रबार केही स्थानीयले भत्काएका थिए । सार्वजनिक जग्गामा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी समेत परेको थियो । त्यसपछि उनीहरूले घर भत्काएर खेतीपाती समेत फडानी गरेका थिए ।

घटनापछि करण ओखेडाका बुवा पुट्केले आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको तर स्थानीयले गैरकानुनी रूपमा घर भत्काइदिएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका थिए । पुट्केले आफ्नो नामको लालपुर्जा पनि सार्वजनिक गरेका छन् । उजुरीपछि प्रहरीले दुवै पक्षलाई प्रारम्भिक रूपमा बुझ्ने काम गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएका छन् । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया