Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फ्रान्सले फिफा महिला विश्वकपमा ब्राजिलमाथि २-१ को रोमाञ्चक जित निकालेको छ । जितसँगै दुई खेलमा चार अंक जोडेको फ्रान्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको ब्राजिल समान खेलबाट तीन अंकका सथ तेस्रो स्थानमा छ । पहिलो खेलमा ब्राजिलले पानामालाई ४-० ले हराउँदा फ्रान्सले जमैकासँग गोलरहित बराबरी खेलेको थियो ।

अस्ट्रेलियाको सनक्रप रंगशालामा शनिबार फ्रान्सलाई जित दिलाउन युजेनी ली सोमर र वेन्डी रेनार्डले समानन एक गोल गरे । ब्राजिलका लागि डेबिन्हाले एक गोल फर्काइन् । खेलको १७ औं मिनेटमा सोमरको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । ५८औं मिनेटमा डेबिन्हाले गोल गर्दै ब्रजिललाई बराबरीमा ल्याइन् । खेल सकिन सात मिनेट बाँकी छँदा रेनार्डले गोल गर्दै फ्रान्सलाई २-१ को रोमाञ्चक जित दिलाइन् । प्रतियोगिता अन्तर्गत शनिबार नै सम्पन्न खेलमा इटालीमाथि ५-० को फराकिलो जित निकाल्दै स्विडेनले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

 

तपाईको प्रतिक्रिया