शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – गैरआवासीय नेपाली संघ एनआरएनए जापान नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आइतबार (आज) अनलाइन भोटिङमार्फत निर्वाचन हुँदैछ । शनिबार अधिवेशन सुरु भएकोमा आज मतदान हुने भएको हो ।

निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाइन भोटिङका लागि सबै तयारी पूरा भएको छ । अनलाइन भोटिङ प्रणाली भेरो भोटिङ प्रणाली’मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउनेछन् । एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पूरागरी प्रमाणित भएका ७१६८ जनाले विभिन्न पदका २२ जनालाई चयन गर्नेछन् ।

अमेरिका अस्ट्रेलिया लगायतका देशमा सफलता पूर्वक प्रयोग भइसकेको भेरो भोटिङ प्रणालीमा सबैभन्दा धेरै सहभागिता जनाएकोले यसपटक जापानमा समेत यसले राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ । बिहान १० बजे बाट सुरु हुने निर्वाचन बेलुका ७ बजे समापन हुनेछ । मतदान समापन भएलगत्तै परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक पौडेलले जानकारी दिए ।

यसरी गर्नुहोस् भोट :-

तपाईको प्रतिक्रिया