Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलबाट क्विन्टल बढी सुन भित्राउने प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतोको आशंका गरेका छन् ।

बाँकेको नेपालगञ्जमा शनिवारदेखि शुरु भएको लुम्बिनी प्रदेशका सबै तहका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले नैतिक जिम्मेवारी नलिएसम्म आफूहरूले यो विषयलाई सेलाउन नदिने बताए ।

‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन, एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो, यो सेटिङबिना सम्भव छैन, सरकारले सुन काण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ’ उनले भने ।

तपाईको प्रतिक्रिया