Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुमाथि काठमाडौँ महानगरपालिकाका नगरप्रहरीले ज्यादती गरेको भन्दै साना व्यापारीहरुले प्रदर्शन गरेका छन् ।आफूहरुलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेको भन्दै साना व्यापारीहरुले भृकुटिमण्डपमा प्रदर्शन गरेका हुन् ।

ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरिखान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले ‘बालेन, सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो’, ‘गरिब होइन गरिबी हटाऊ’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया