Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बने । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनु भएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पुर्‍याउनु पर्छ भन्ने लाग्यो’, अभिनेता खनालले भने, ‘यसलाई कथामार्फत नै दर्शकसामु पुर्‍याउनु पर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशक भन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।’

आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा वरिष्ठ कलाकारलाई स्थान दिएका छन् । उनीहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त हुने भएकाले चलचित्रमा अधिकांश पुराना कलाकारलाई स्थान दिएको खनालले बताए । ‘छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केबल चरित्र र दृश्यलाई सम्झाएँ’, अभिनेता खनालले भने, ‘नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।’

सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा ‘स्टार’ का रुपमा चिनिएका कलाकार भन्दा पनि विषयवस्तु र कथा महत्वपूर्ण हुनुपर्ने बताए । एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्वलाई चलचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया