Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जापानको क्लब सेरेजो ओसाकासँग पराजित भएको छ । शुक्रबार भएको खेलमा पीएसजी जापानको क्लब सेरेजो ओसाकासँग २-३ गोल अन्तरले पराजित गरेको हो ।

१७ औँ मिनेटमा ह्युगो एकिटिकेको गोलमा पीएसजीले अग्रता बनाएको थियो । जोर्डी क्राउक्सले २२ औँ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । भिटिन्हाले ४९ औं मिनेटमा पुन पीएसजीलाई अग्रता दिलाएका थिए । सोता किटानोले ६७ औं मिनेटमा ओसाका क्लबका लागि बराबरी गोल गरे ।

बराबरीतर्फ उन्मुख देखिएको खेलमा ११ मिनेट बाँकी छदाँ भेट्रान जापानी स्टार सिन्जी कागावाले गोल गर्दै जापानी क्लबलाई ३-२ को जित दिलाए । प्रि-सिजन टूरमा रहेको पीएसजी जापानमा छ । स्टार खेलाडी केलियन एमबाप्पेलाई टिम बाहिर राख्दै प्रि-सिजन टूरमा निस्किएको पीएसजीको तयारी राम्रो हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया