Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युरोपियन फुटबलको नियामक संस्था युइएफएले युभेन्टसलाई २०२३-२४ सिजनका लागि युरोपियन फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । युइएफएले युभेन्टसले २०१२ देखि २०१९ सम्म फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोप लगाउँदै युरोपियन फुटबल खेल्न प्रतिबन्ध लगाएको हो ।

साथै युइएफएले युभेन्टसलाई १७.४ मिलियन पाउण्ड जरिवाना समेत गरेको छ । गत सिजनमा युभेन्टस सातौँ स्थानमा रहँदै लिग समाप्त गरेको थियो र युरोपा काफेरेन्स लिगमा छानिएको थियो । अब युभेन्टसले युरोपा कन्फेरेन्स लिग खेल्न नपाउने भएको छ ।

गत सिजनमा युभेन्टसलाई खेलाडी ट्रान्सफरमा नियमितता गरेको आरोपमा १० अंक घटाइएको थियो । त्यस्तै युइएफएले प्रिमियर लिग क्लब चेल्सीलाई पनि फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा १० मिलियन युरो जरिवाना गरेको छ ।

तपाईको प्रतिक्रिया