Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई किन सिनामंगलको बाटोमै समाइयो ? भनी प्रश्न उठाएका छन् । रास्वपा भक्तपुरको भेलालाई शनिवार सम्बोधन गर्दै सभापति लामिछानेले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न उठाएको बताए ।

सभापति लामिछानेले भने–सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ,भारी बोकेको ट्याक्सी मालिकसम्म लान्थ्यो होला,गन्तव्यमा पुग्थ्यो होला । सूचना दिने मान्छेले पनि बाटोमा ट्याक्सी आउँछ मात्र भनेन होला, बिच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ? लमिछानेले सरकारको काम कारवाही ठूला मालिक देखेपछि त्यसलाई छाडेर अर्को फाइल खोल्नेतिर लागेकाले आफूहरुले खबरदारी गरेको बताए ।

 

तपाईको प्रतिक्रिया