Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – साइकलयात्री मजदुरमाथि निर्घात कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

गलत दिशाबाट आएको भन्दै विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय भेटवाललाई यस्तो सजाय हुनुपर्ने माग गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

पक्राउ परेका भेटवाललाई प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ९१० अन्तर्गत ज्यान मार्ने उद्योग कसुर गरेको देखिएकोले दफा १८३ ९२० बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको माग दाबी लिई राय सहितको प्रतिवेदन बुझाइएको प्रहरीको भनाइ छ ।

असार २० गते राति साढे ८ बजेतिर विराटनगर ४ स्थित दूध फार्म चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकलयात्री साहलाई कुटपिट गरेका थिए । आयुषले कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो । मुक्का हानेपछि बेहोस भएका साहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्‍याईएको थियो ।

रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकलयात्री साहलाई मुक्का हानेका थिए । साह ढलेपछि भेटवालले घिसारेर सडकको किनारमा ल्याएर छोडेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया