Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन माइकिङ गरेको छ । काठमाडौँको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनको मुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले माइकिङ गरेको नगर प्रहरीले जनाएको छ ।

मेयर बालेन शाहको निर्देशन बमोजिम शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो । ‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो ।

काठमाडौँ महानगरपालिकाले १३ असोज २०७९ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना पनि  टाँस गरेको थियो ।

 

तपाईको प्रतिक्रिया