Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको काठमाडौँ प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए । उनले आफ्नो समूदायको भावनामा चोट पुर्‍याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए ।

पाण्डेमाथि जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ । एक टेलिभिजनसँगको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया