Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चीनमा आयोजना हुने एसियन गेम्स (एसियाड) को महिला फुटबलअन्तर्गत नेपाल समूह ‘डी’ मा परेको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो पटक एसियन गेम्स खेल्दैछ ।

चीनले सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म एसियन गेम्स आयोजना गर्दैछ । बिहीबार गरिएको ड्र अनुसार नेपाल समूह ‘डी’ मा परेको हो । यस समूहमा साविक विजेता जापानसँगै भियतनाम र बंगलादेश पनि रहेका छन् ।

डेब्यु प्रतियोगितामै नेपाल कठिन समूहमा परेको छ । यस समूहमा रहेको जापान एसियन गेम्सअन्तर्गत महिला फुटबलको साविक विजेता हो । त्यतिमात्र नभएर जापानले सन् २०१० मा विजेता बन्दा १९९०, १९९४, २००६ र २०१४ को उपविजेता बनेको थियो ।

त्यसका साथै जापानले सन् २०११ को फिफा महिला विश्वकपको उपाधि जित्दा २०१५ मा उपविजेता बनेको थियो । जापानले दुई पटक एएफसी महिला एसियन कपको उपाधि समेत जितेको छ ।

यता अहिले न्यूजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा विश्वकप खेलिरहेको भियतनाम भने सन् २०१४ को एसियन गेम्समा चौथोँ भएको थियो । गत अप्रिलमा ओलम्पिक छनोटअन्तर्गत भियतनामले नेपाललाई पहिलो खेलमा ५-१ तथा दोस्रो खेलमा २-० ले पराजित गरेको थियो । नेपालका लागि दक्षिण एसियाली राष्ट्र बंगलादेश भने चिरपरिचित टिम हो ।

तपाईको प्रतिक्रिया