Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ‘मिस युनिभर्स नेपाल २०२३’ को आवेदन खुला गरिएको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको औपचारिक रूपमा घोषणा गरिएको हो । विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता, सम्मानित मिस युनिभर्स फ्रान्चाइजीअन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगिताको चौथो संस्करण हो । मिस युनिभर्स नेपालले सबैका लागि समावेशीता र अवसरहरूलाई बढावा दिँदै प्रतियोगिताको समृद्ध विरासतलाई अगाडि बढाउँदै लगेको प्रतियोगिताका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए ।

मिस युनिभर्स नेपाल २०२३ को ताज जित्ने सहभागीले ७२औँ मिस युनिभर्सको भव्य मञ्चमा प्रतिनिधित्व गर्ने पाउने छन् ।यस संस्करणमा सहभागी बन्नको लागि मिस युनिभर्स नेपालको वेबसाइटमा गएर वा खल्ती एप प्रयोग गरी दर्ता गर्न सकिने निर्देशक नग्मा श्रेष्ठले बताइन् ।मिस युनिभर्स नेपाल २०२३ एक प्रतियोगिता मात्र नभएर विविधता, सशक्तिकरण, र नारीत्वको भावनाको उत्सव रहेको उनले बताइन् ।

१८ देखि २८ वर्षसम्मका युवतीहरू प्रतियोगितामा सहभागी हुन पाउनेछन् । जुन १५ देखि अगस्ट ३ सम्म दर्ता समय तोकिएको छ । विजेताले इको इन्फिनिटी एनआईयू नेपालबाट इलेक्ट्रिक स्कुटर पनि उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया