Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय मोरङले एक महिनाको अवधिमा जन्मका आधारमा चार हजार पाँच सय जनालाई नागरिकता प्रदान गरेको छ । स्थानीय पालिका प्रमुख लगायतका निकायहरुसँग छलफल गरेर असार ११ गतेबाट मोरङ प्रशासनले जन्मको आधारमा दिन सुरु गरेको थियो । जन्मका आधारमा नागरिकता वितरणको काम बिहीबार एक महिना पुगेको छ । सर्वाेच्च अदालतका न्यायधीस डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले गत असार ७ मा नागरिकता संशोधन ऐन कार्यान्वयन गर्न आदेश दिएको थियो ।

एक महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रशासन कार्यालय उर्लाबारी र रंगेलीबाट जन्मको आधारमा नागरिकता वितरण कार्य सहज रुपमा भइरहेको जनाइएको छ । जिल्लाको तीनवटै प्रशासन कार्यालयबाट हालसम्म १५ हजार टोकन वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता शरदकुमार पोखरेलले जानकारी दिए । टोकन आगामी पुस महिनासम्मका लागि बाँडिएको जनाइएको छ ।

नागरिकता वितरण कार्य प्रारम्भ भएलगत्तै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासनमा नागरिकताविहिनहरुको ठुलो भिड लाग्ने गरेकोमा अहिले भिड घटेको छ । जन्म आधारमा नागरिकता प्राप्त गर्न आवश्यक पर्ने कागजातसहित टोकनको मिति अनुसार उपस्थित हुनुपर्ने प्रशासनले नियम बनाएको छ । आर्थिक वर्ष ०६३।०६४ मा टोलीमार्फत मोरङमा करिब ३५ हजार जनालाई जन्मको आधारमा नागरिकता बाँडिएको थियो । २०७२ मा संविधान जारी भएपछि नागरिकता ऐन संशोधन नभएकाले उनीहरुका सन्तानले नागरिकता पाउन सकेका थिएनन् ।

 

तपाईको प्रतिक्रिया