Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – महोत्तरीस्थित एनमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाई प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ । १६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौं पैसा चोरी गरेर फरार भएका मध्येका एक जना भारतीयलाइ प्रहरीले पक्राउ गरेको हो ।

विहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाका अजय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झण्डै ४,५ जनाको समूहमा आएका नकावधारी समूहले २ जेठको दिउँसो ११ बजे लगभग ५१ लाख रुपैयाँ सहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए ।

त्यसयता विभिन्न माध्यमवाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछि निक्कै आलोचना समेत खेप्नुपर्‍यो । पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी सिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भैइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया