Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – फिफा महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्स बराबरीमा रोकिएका छन् । न्युजिल्याण्डको विलिङटनमा आज भएको समूह ‘इ’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । नेदरल्यान्ड्सका लागि जिल रुर्ड र अमेकिाका लागि कप्तान लिन्ड्स होरानले एक–एक गोल गरेका थिए ।

यो बराबरीसँगै अमेरिका समूह ‘इ’ को शीर्ष स्थानमा यथावत छ । अमेरिका र नेदरल्यान्ड्स दुवैको समान चार अंक भएको छ । दुवैको नकआउट सम्भावना बलियो भएको हो । पहिलो खेलमा अमेरिकाले भियतनामलाई र नेदरल्यान्ड्सले पोर्चुगललाई हराएका थिए ।

यस्तै, आज यही समूहको पोर्चुगल र भियतनाम आमने सामने हुने छन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरुहुने छ । यसैगरी आजै अपरान्ह पौने ४ बजे घरेलु टोली अस्ट्रेलिया र नाइजेरिया भिड्ने छन् । समूह बीमा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने नाइजेरियाल तेस्रो स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया