Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो वडा कार्यालयमा कर बुझाउन र छुट सुविधा लिन आग्रह गरेको छ । महानगरको राजस्व विभागले आज सूचना निकालेर कर बुझाउन र महानगरको आर्थिक ऐनले तिर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको हो ।

सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुनेछ । त्यस्तै महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भइ वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको हकमा थप ३० प्रतिशत छुट सुविधा छ ।

यस्तै, व्यावसायिक रुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ । एक वडा एक नमुना उद्यम कार्यक्रम अन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म व्यवसाय कर र दर्ता शुल्कको ९५ प्रतिशत कर छुटको व्यवस्था रहेको महानगरको राजस्व विभागले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भइ सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले पुस मसान्तभित्र कर तिरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर बुझाउनेको हकमा २५ प्रतिशत छुट हुनेछ । तर यसमा काठमाण्डौ महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया