Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आन्दोलनरत राजनीतिक दल र स्थानीय प्रशासनबीच चार बुँदे सहमति भएसँगै नेपाल प्रहरी विरुद्ध बाराको कलैयामा जारी आन्दोलन स्थगन भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको छलफलमा चार बुँदे सहमति भएपछि आन्दोलनरत नेपाली कांग्रेससहितका राजनीतिक दलले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

केही दिनअघि कांग्रेस बाराका सचिव भैयाराम यादव र नेकपा एकीकृत समाजवादीका उपसचिव ध्रुव यादवमाथि प्रहरीबाट कुटपिट भएको भन्दै कांग्रेससहितका राजनीतिक दल आन्दोलित बनेका थिए । दुवै पार्टीका नेतामाथि कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न माग राखेर सुरु भएको आन्दोलन झन्डै एक सातासम्म चलेको थियो ।

आन्दोलनरत दलले बुधवार बिहान कलैया बजार बन्दको समेत आव्हान गरेका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । आन्दोलन थप हिंसात्मक हुन नदिन बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा भएको छलफलमा चार बुँदे सहमति भएको हो ।

सहमतिअनुसार कुटपिटमा संलग्न प्रहरी अधिकृतले क्षमा माग्नुपर्ने, दुई प्रहरी अधिकृतलाई दुई वर्ष गणमा व्यवस्थापन गरिनुपर्ने, घाईतेको क्षतिपूर्ति सरकारले व्यहोर्नुपर्ने र आन्दोलन फिर्ता गर्ने गरी सहमति भएको हो । आन्दोलन फिर्ता भएपछि जिल्ला प्रशासन कार्यालय बाराले धन्यवाद व्यक्त गरेको छ । प्रजिअ सापकोटाले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई स्थगन गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सवारी दुर्घटनाको विषयलाई लिएर साउन २ गते जिल्ला प्रहरी कार्यालय पुगेका नेतालाई बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहले कुटपिट गरेको भन्दै कांग्रेस र एकीकृत समाजवादीका नेताकार्यकर्ताले एक सातादेखि कलैयामा आन्दोलन गरेका थिए । कुटपिटबाट घाईते भएका कांग्रेस सचिव यादवलाई थप उपचारका लागि दिल्ली लगिएको छ । उनको ढाडमा गहिरो चोट लागेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया