Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको १०० किलो सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । तस्करीको १०० किलो सुन बरामद हुनु भन्दा केही समयअघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।

उनको यात्रा शंकास्पद देखिएपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो । बुधबार नै तस्करीका संलग्न रहेको आशंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन् । विभाग स्रोतका अनुसार अडुकिया भने भागिसकेको आशंका छ । १०० किलो सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ । यो विषयमा विभागले अनुसन्धान गरिरहेको छ ।

अडुकिया यो भन्दाअघि गोरखा विकास बैंकको घोटालामा पनि जोडिएका व्यक्ति हुन् । उनी शेयर कारोबारका समेत उनी विवादस्पद पात्र हुन् । यसअघि नै विभागको निगरानीमा परेका व्यापारी अडुकिया पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखाउँछ । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिन्छ । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको देखिन्छ । त्यसैले विभागले उनलाई शंकाको घेरामा राखेर बुधबार उनको घरमा छापा मारेको हो ।

तपाईको प्रतिक्रिया