Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा नेकपा एमालेले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो ।

सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ । उच्चस्तरीय संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने एमालेको चेतावनी छ ।

खासगरी सुन काण्डमा सरकारले भरियाहरूलाई मात्र समातेर जेलमा हालेको र मुख्य नाइकेहरूलाई नसमातेको एमालेको आरोप छ । एमालेका सांसदहरूले सुन तस्करलाई कारबाही गर भन्दै नारासहित रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउनसम्मका लागि संसद् बैठक स्थगित गरेको घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया