Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – यतिबेला गैरआवासीय नेपाली सं‌घ (एनआरएन) जापानको निर्वाचनले माहोल एकाएक तातिएको छ । जापानमा रहेका प्रवासी नेपाली नयाँ नेतृत्व छनोट गर्न उत्साहित छन् भने आकांक्षीहरु आफ्ना एजेन्डा मतदातामाझ पुर्‍याउन जुटेका छन् ।

उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका सचिव श्रेष्ठले आफू आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘मेरा आफ्ना कमी कमजोरीहरूलाई आत्मसमिक्षा गर्दै एनआरएनए जापानलाई एक नमुना संस्था बनाउन म हरदम लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दैछु,’ उनले भनेका छन्, ‘जस अनुरूप आगामी चुनावमा एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेदवारी दिन दिएको जानकारी गराउन चाहन्छु ।’

श्रेष्ठ करिब दुई दशकदेखि जापानमा रही हाल टोकियो सिनओकुवोमा रेस्टुरेन्ट व्यवसायमा संलग्न छन् । २००८ देखि एनआरएनए अभियानमा संलग्न भएका उनी २०१७-१९ मा केन्द्रीय सदस्य बनेका थिए । २०१९-२१ को लागी सह कोषाध्यक्षमा रही कार्यसम्पादन गरेका अनुभव श्रेष्ठसँग छ ।

केही व्यक्तिले आर्थिक अनियमितता तथा संस्थाको कोष दुरुपयोग गरेकाले सिङ्गो संस्थाको गरिमामा गम्भीर आँच आएको उनका ठहर छ । ‘गत निर्वाचनमा कोषाध्यक्ष पदमा पराजित भए पनि आफू पूर्णरूपमा एनआरएनए अभियानमा निरन्तर खटिरहेको छु,’ उम्मेदवार श्रेष्ठले भनेका छन्, ‘विगतका दिनमा देखिएको आर्थिक अनियमितता तथा संस्थाको कोष दुरुपयोग आदिमा अभियानमा लागेकै केही व्यक्तिहरूको संलग्नताले गर्दा सिङ्गो संस्थाको गरिमामा गम्भीर आँच आएको नकार्न सकिँदैन । फलस्वरूप एनआरएनए अभियानप्रति आम नेपालीमा नैराश्यैयता छाएको सर्वविदितै छ ।’

एनआरएनए जापानको ११औँ महाधिवेशन जुलाई २९ तारिखमा टोकियोमा हुँदैछ । ३० गते हुने निर्वाचनमा ३२ पदका लागि ६२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले मंगलबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया