Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले उनीहरुलाई किन निलम्बन नगरेको भन्दै भन्सार, सुरक्षा प्रमुखलगायतले पनि पदमा बस्ने नैतिकता गुमाएको बताए ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले क्विन्टलका क्विन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानिस पर्नु यो अचम्म नभएको भन्दै पुरानै सेटिङको निरन्तरताको रुपमा जनताले बुझेको बताए । ‘जब यस्ता घटना आउँछ, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो ? कारबाही गरेको कि पुरस्कार दिएको ? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ?,’ उनले सोधे ।

उनले यस्ता काण्डमा सामान्य मान्छे पर्दा अन्यलाई सूचना लुकाउने, मिडिया न्यारेटिभ परिवर्तन गराउन समय मिल्ने बताए । यो काण्डलाई निष्कर्षमा नपुर्याए सरकारको दिनगन्ती सुरु हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया