Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँको सीतापाइलामा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो ।

उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन-४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बसको नम्बर खुलेको छैन । प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो । बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले महर्जनलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया