Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने समूहका ७ जना धरौटीमा रिहा हुँदा ‘गुण्डा नाइके’का रुपमा चिनिने सानुभाइ भनिने युवराज गुरुङ भने अहिलेसम्म हिरासतमै छन्।

७ जनालाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेर उनीहरु रिहा भए पनि सानुभाइ भने पटके अभियुक्त भएका कारण उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। उक्त मुद्दाको आदेश आइनसकेकाले सानुभाइ अहिलेसम्म प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा छन्।

नुवाकोट सूर्यगढी गाँउपालिका–१ घर भएका राजेन्द्र गुरुङले ठमेलमा सञ्चालन गरेको क्लब ओम्नियामा असार १५ गते सानुभाइ ग्याङसहित छिरेर बाउन्सर, क्लब सञ्चालक राजेन्द्र तथा कर्मचारीलाई कुटपिट गरेका थिए। त्यसपछि फरार भएका सानुभाइलाई प्रहरीले पोखराबाट काठमाडौं आउँदै गर्दा असार २९ गते थानकोटबाट पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभद्र व्यवहारको कसुरको मुद्दामा बहस भइरहेको छ। धरौटीमा रिहा गर्ने वा पुर्पक्षमा थुनामा पठाउने भन्ने आदेश भने आइसकेको छैन। पक्राउ परेका गुण्डा नाइके भनिने सानुभाइले आफूबाट गल्ती भएको भन्दै बयान दिएका छन्।

तपाईको प्रतिक्रिया