Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक बसन्त साहको मोटरसाइकल दुर्घटनामा परेर निधन भएको छ । सर्लाहीको इश्वरपुर नगरपालिका-९ खोरिया टोलमा मंगलबार राती मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको हो।

मलङ्वामा रहेको कार्यालयबाट राती ईश्वरपुर नगरपालिका- ६ मा रहेको घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर २९ वर्षीय साहको निधन भएको प्रहरी उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिए। बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका निरीक्षक साह दुर्घटनामा परेको प्रहरी उपरीक्षक सुबेदीले बताए।

फूलजोर- त्रिभुवननगर सडकखण्ड अन्तरगतको पुलमुनी दुर्घटनामा परेर मृत अवस्थामा साह भेटिएको प्रहरीले जनाएको छ । पुलमुनीको खाल्डोमा तल शरिर र माथिबाट मोटरसाइकलले थिचिएको अवस्थामा साहको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुबेदीले बताए।

तपाईको प्रतिक्रिया