Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) सकिँदैछ। साउन २ गतेदेखि बसिरहेको बैठक विभिन्न निर्णयहरु पारित गर्दै बुधबार सकिने नेताहरुले जानकारी दिएका छन्।केन्द्रीय समितिको बैठकका निर्णयहरुलाई अन्तिम रुप दिन बुधबार नै कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै छ। पार्टी पदाधिकारीहरुको बैठक बिहान ११ बजे बस्ने नेताहरुले जानकारी दिएका छन्।

यसअघि मंगलबार पनि पार्टी पदाधिकारीको बैठक बसेको थियो। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय समितिका बैठकको निर्णय मस्यौदा तयार गर्न नेताहरुलाई जिम्मा दिएको थियो। बुधबार पदाधिकारीको बैठक बसेर निर्णयको मस्यौदालाई अन्तिम रुप दिइने र पछि केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने नेताहरुले जानकारी दिएका छन्।

बुधबार केन्द्रीय समितिको बैठक अपराह्न ४ बजे बस्ने तय भएको छ। केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले पनि बैठकमा उठेका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन्।

तपाईको प्रतिक्रिया