Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ ।

रास्वपा बझाङ संयोजकसमेत रहेका होटल होलिडे इनका सञ्चालक खड्काको निर्देशनमा खप्तड आवाज रेडियोका पत्रकार सुनिल मण्डेललाई साउन ८ गते निवासबाटै अपहरण गरी बन्दी बनाएर आक्रमण गरेको आरोप छ । सोही घटनामा संलग्न रहेको पाइएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको र थप कारबाही बारे छानबिनपछि निर्णय गरिने ढकालले बताए । पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति निकालेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

यो पनि : रास्वपा संयोजकमाथि पत्रकारलाई ‘थुनेर’ कुटेको आरोप, महासंघद्वारा भर्त्सना

तपाईको प्रतिक्रिया