Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – क्वोने (घोताने/ घोण्डे) गुरुङ (तमु) समाजले भाटभटेनी समूहका अध्यक्ष तथा भाटभटेनी समूह सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउलाई राज्यले समुदायको आधारमा प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै आपत्ती प्रकट गरेको छ ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किनबेच हुने गरी विगतका सरकार र सरकारी निकायले गरेको कारण गुरुङले जग्गा किन्नु स्भावाकि भएको भन्दै समाजले गुरुङलाई अन्यायपूर्ण र प्रतिशोधपूर्ण व्यावाहार गरेको दाबी गरेको छ ।

समाजका अध्यक्ष भूमीबहादुर गुरुङ ‘विश्व’ले शनिबार विज्ञप्ति जारी गरेर गुरुङलाई समुदायको आधारमा विभेद गरिएको दाबी गरेका छन् । उनलाई ललिता निवास जग्गा प्रकरणमा गत १२ असार २०८० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

समाजले चार पूर्व प्रधानमन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीस, प्रधानन्यायाधीस, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त, मन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरुले गरेको निर्णयबाट गुरुङले आम सर्वसाधरणले जसरी जग्गा किनेको उल्लेख गर्दै गुरुङ निर्दोष रहेको पनि जिकिर गरेको छ ।

विज्ञप्तिमा अध्यक्ष गुरुङले भनेका छन्, ‘२०४९ सालदेखि २०७० सालसम्म आइपुग्दा चार पूर्व प्रधानमन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीस, प्रधानन्यायाधीस, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त, मन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरु यो प्रकरणमा संग्लन हुनुहुन्छ ।’ समाजले गुरुङलाई अन्यायपूर्ण व्यवाहार गरिएको भन्दै आन्दोलनमा उत्रिन अपिल समेत गरेको छ ।Press release

तपाईको प्रतिक्रिया