Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ । निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । उनै पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन् ।

अर्थमन्त्री डा. महतको सचिवालयले पाण्डेलाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी दिइएको पुष्टि गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन् । बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए । पोखरेल दुई महिने बिदामा हुँदा उनको स्थानमा अन्य नियुक्त भएको थियो । निमित्तका रुपमा नारद गौतमले विमानस्थल भन्सारको नेतृत्व गरिरहहेका थिए । सुन तस्करी प्रकरणपछि बदनाम त्रिभुवन विमानस्थल भन्सारमा अर्थले पाण्डेलाई पठाउने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया